सूर्यतारा खेल महोत्सव: फुटबलको उपाधिका लागि रामघाट र मिक्की भिड्ने

प्रतियोगिताको विजेता टोलीले २ लाख २ हजार २ सय २२ रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र हात पार्नेछ । यस्तै द्वितीय हुने टोलीले १ लाख १ हजार १ सय ११ रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

पाेखरा | चैत २९, २०८२

सूर्यतारा खेल महोत्सव: फुटबलको उपाधिका लागि रामघाट र मिक्की भिड्ने

पोखरा ।   भण्डारढिकमा जारी ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’  मा पुरुष सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि रामघाट एफसी ग्रिन र मिक्की एफसी भिड्ने भएका छन् ।

 

उक्त फाइनल खेल सोमबार दिउँसो १ बजे हुने आयोजक संस्थाका अध्यक्ष विष्णु पुनले जानकारी दिए ।

 

उनका अनुसार आइतबार भएको पहिलो सेमिफाइलन खेलमा स्याङ्जा युवा क्लबमाथी २–० गोल अन्तरले जीत निकाल्दै मिक्की एफसी फाइनलमा प्रवेश गरेको हो । 

 

मिक्कीको जीतमा उपेन गुरुङ र आशिक गुरुङले गोल गरे । सो खेलबाट मिक्कीका अमिर गुरुङ म्यान अफ दि म्याच घोषित भए । 

 

यसैगरी अर्काे सेमिफाइनल खेलमा  रामघाट एफसी ग्रिनले आयोजक सूर्यतारा क्लबमाथी २–१ गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्दै उपाधि नजिक पुग्यो ।

 

रामघाटको जीतमा विशाल बिक र सुशान्त गुरुङले गोल गरे भने सूर्यताराका लागि आकाश थापा मगरले सान्त्वना गोल फर्काए ।

 

प्रतियोगिताको विजेता टोलीले २ लाख २ हजार २ सय २२ रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र हात पार्नेछ ।

 

यस्तै द्वितीय हुने टोलीले १ लाख १ हजार १ सय ११ रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

महोत्सवमा फुटबलसँगै खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगितासमेत समावेश गरिएका छन् ।


‘स्पोट्र्स फर टुरिजम’ भन्ने मूल नाराको साथ आयोजना  भएको तेस्रो सूर्य तारा खेलकुद एवं सांस्कृतिक महोत्सव २०८२ मा डोरीतान सङ्घ गण्डकी प्रदेशले सहकार्य गरेको छ ।  

 

प्रायोजकमा कर्माचार्य बेक्स एण्ड फूड्स प्रालि, हिमालयन ब्रुअरी प्रालि, आदर्श हार्डवेयर पोखरा २९ रहेका छन् ।

 

इनर्जी ड्रिङ्क्स पार्टनरमा एक्सट्रिम इनर्जी ड्रिङ्क्स,  प्रवद्र्धकमा पोखरा महानगरपालिका कार्यालय र प्रदेश खेलकुद परिषद् गण्डकी, विशेष सहयोगीको रुपमा रूपा गाउँपालिका कार्यालय, पोखरा महानगरपालिका वडा नं २९ रहेको छ ।  

 

सहयोगी संस्थाहरूमा जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, डोरीतान सङ्घ कास्की, आदर्श युवा क्लब, लेखनाथ उद्योग वाणिज्य सङ्घ, लेखनाथ खानेपानी उपभोक्ता संस्था, नमस्ते पार्टी प्यालेस, एटलस डिजाइन ​एण्ड प्रिन्ट तालचोक, स्थानीय आमा समुह, स्थानीय टोल विकास संस्थाहरू  रहेका छन् । 

 

हेल्थ पार्टनरमा फेवा सिटी हस्पिटल प्रालि, वडा स्वास्थ्य केन्द्र पोखरा २९ रुद्र मेडिकल हल तालचोक रहेका छन् ।

 

‘समृद्ध समाज, हाम्रो परिकल्पना’ भन्ने उद्देश्यका साथ २०७५ सालमा स्थापना भएको क्लबले खेल महोत्सवका अलावा विभिन्न सामाजिक कार्य मार्फत आफ्नो सक्रियता बढाइरहेको छ । 
खेल महोत्सव चैत्र ३० गते समापन गरिने प्रचार संयोजक इश्वर अधिकारीले जानकारी दिए ।
 

पोखरा २९ भण्डारढिकमा जारी  ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’  अन्तरगत शनिबारसेभेन ए साइड फुटबल प्रतियोगितातर्फ ७ खेल सम्पन्न भएका छन्  ।    क्लबका अध्यक्ष विष्णुु पुन...

थप पढ्नुहोस्

पोखरा।       गण्डकी स्पोर्टस् क्लबको आयोजनामा मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि न्यूरोड एफसी र एनके एफसी भिड्ने भएका छन् । &n...

थप पढ्नुहोस्

पोखरा:   राष्ट्रिय हेमजा आलु महोत्सवमा चहलपहल बढ्दै गएको छ । शुक्रबारदेखि सुरु महोत्सवको दोस्रो दिन शनिबार आज दर्शक सहभागिता बढेको हो ।   शनिबार बिदा परेको र मौसमले समेत साथ दिएसँगै जन...

थप पढ्नुहोस्